आइतबार, ३० जेठ २०७८

थप ३ हजार ३७० मा कोरोना संक्रमण पुष्टि, ९२ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप ३ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ५ लाख ९१ हजार ४९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित निको भएका छन् । हालसम्म ४ लाख ९७ हजार ९६० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप ९२ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस