शनिबार, २९ जेठ २०७८

घट्दै कोरोना संक्रमण : थप २ हजार ८७४ मा कोरोना संक्रमण पुष्टि, ५९ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप २ हजार ८७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख १ हजार ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना संक्रमित निको भएका छन् । हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप ५९ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस