बुधबार, २० श्रावन २०७८

घट्दै कोरोना संक्रमण : थप २ हजार ३८२ मा कोरोना संक्रमण पुष्टि, ६१ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप २ हजार ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमित निको भएका छन् । हालसम्म ५ लाख २७ हजार १११ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ ।

आज थप ६१ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस