बुधबार, २० श्रावन २०७८

ओरालो झर्दै कोरोना संक्रमण : थप १ हजार ६९४ मा कोरोना संक्रमण पुष्टि, ४६ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप १ हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख ८ हजार ४७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन् । हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप ४६ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस