बिहिबार, १४ श्रावन २०७८

आज थप १ हजार ८५५ मा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप १ हजार ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३७ हजार ६९० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप २४ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस