आइतबार, ०३ असोज २०७८

आज थप २ हजार ३९१ मा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप २ हजार ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ४५ हजार ३०१ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप २५जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस