शुक्रबार, ०१ असोज २०७८

थप १ हजार १८० मा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप १ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४२ हजार ३०६ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप १९ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस