सोमबार, १३ मंसिर २०७८

थप ९४१ मा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप ९४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५६ हजार ९५४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप १३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस