बढ्दै कोरोना सङ्क्रमण, थप ४ हजार २०४ जनामा कोरोना पुष्टि, ३ को मृत्यु



काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा दिनहुँ वृद्धि भइरहेको छ । आज थप ४ हजार २०४ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १३ हजार ४७४ को पिसिआर परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख ४५ हजार ५०१ पुगेको छ । आज ३०६ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ६५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस