सोमबार, ३१ जेठ २०७८

आज ९७ जनामा देखियो कोरोना सङ्क्रमण, ६६ संक्रमणमूक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७१ हजार ११६ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ४२ जना रहेका छन् ।

आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस