आइतबार, ३० जेठ २०७८

आज थप ५३ जनामा देखियो कोरोना संक्रमण, ७७ संक्रमणमूक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७१ हजार ३२६ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ९१ जना रहेको छ ।
आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस