बुधबार, ०२ असार २०७८

आज थप १०७ जनामा देखियो कोरोना संक्रमण, १ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७१ हजार ६१० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार जना रहेको छ ।
आज थप एकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस