बुधबार, ०२ असार २०७८

दैलेख मृत्यु प्रकरणः चारको शव भेटियो,एकजना अझै वेपत्ता



दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ।
मंगलबार दिउसो १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको हो ।

सोमबार साँझ दुई छोरी १६ वर्षकी कल्पना र सरिता बडुवाल वर्ष १२ को शव फेला परेको थियो । दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठका अनुसार दुई छोरीको शव भेटिएको स्थान आसपासमै उनीहरुको पनि शब भेटिएको हो ।

अझैपनि ५ वर्षीया छोरी रजनी बडुवालको अबस्था अज्ञात रहेको प्रहरीले बताएको छ । उनको खोजी कार्य भइरहेको छ ।
स्थानीहरुका अनुसार सुकु आइतबार दिउँसो ४ बजेतिर घाँस काट्न भनी आफ्ना ४ जना सन्तानसहित निस्किएकी थिइन् । उनका श्रीमान्ले दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको स्थानीहरुको भनाई छ । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने बताइन्छ ।

घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी वसन्त कुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस