सोमबार, ३१ जेठ २०७८

‘ए मेरो हजुर ४’ ले घोषणा गर्यो प्रदर्शन मिती



काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।

बाँकी छायांकन फागुन २७ गते सुरु गर्न लागेको निर्माण टिमले सोमवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा फिल्म प्रदर्शनमा आउन लागेको हो ।

लकडाउन अघि नै फिल्मको ५० प्रतिशत छायांकन सकिएको थियो । कोरोनाका कारण ९ महिना छायांकन रोकिएपछि यसपालीको दशैंबाट निर्माण टिमले बाँकी छायांकन सुरु गरेको थियो ।

करीब १५ दिनको सुटिङपछि फेरि २ महिनाका लागि छायांकन रोकियो । अब बिहीवारबाट बाँकी छायांकन सुरु हुने जनाइएको छ ।

अभिनेत्री झरना थापा निर्देशित फिल्मका निर्माता सुनिल कुमार थापा हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस