सोमबार, ११ श्रावन २०७८

धरानका मजदुरले गरे बन्दको प्रतिकार



सुनसरी । नेकपाको प्रचण्ड समुहले गरेको आम हड्तालको धरानमा प्रतिकार भएको छ । मजदुरहरुले बन्दको प्रतिकार गरेका हुन् । धरानको भानुचोकमा प्रचण्ड समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्ताले हानेपछि आक्रोशित मजदृुरहरुले बन्द विरुद्ध नारावाजी गगर्दै बन्दको विरोध गरेका हुन् । उनिहरुले बन्दकर्ताले बाल्न लागेको टायर खोसेरसमेत फलेका छन् । सो क्रममा बन्दकर्ता र मजदुरबीच झडप भएको थियो ।

धरानको भानुचोकमा टायर बालेर बसिरहेका प्रचण्ड समुहका कार्यकर्ताले एउटा टेम्पोलाई लात्तले हानेपछि विवाद सुरु भएको थियो । विवादका क्रम बढ्दै गएपछि प्रचण्ड समुहका कार्यकर्ताले टायर बाल्न लागेको बेला मजदुरहरुले टायर खोसेर फालिदिएका छन् । टायर खोस्ने क्रमममा बन्दकर्ता र मजदुरबीच झडप समेत भएको थियो । त्यस्तै गरी बन्दकर्ताहरुले नाराबाजी गरेपछि मजदुरहरुले प्रतिकारमा नाराबाजी गरेका थिए । मजदुरहरुले नाराबाजी गरेपछि बन्दकर्ताहरु भने अहिले शान्तिपूर्ण रुपले बसिरहेका छन् ।

अहिले धरानको भानुचोकमा मजदुर र बन्दकर्ताको दुई छुट्टा छुट्टै समुहमा आ–आफुले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस