मंगलबार, १२ असोज २०७८

श्रीमान दिलिप कुमारको निधनपछि अस्पतालमा शायरा बानो



एजेन्सी । भारतका दिग्गज अभिनेता दिलिप कुमारको निधनलगत्तै उनकी श्रीमती सायरा बानो पनि अस्पताल भर्ना भएकी छिन् । भारतको हिन्दुजा अस्पतालमा भर्ना भएकी उनलाई प्रेसर सँगै अक्सिजनको समस्या देखिएको छ ।

आफनो श्रीमान दिलिपसँग छायाँले जसरी साथै हुने उनी श्रीमानको मृत्युपश्चात निकै दुखी थिईन् । उनको परिवारले पनि उनको स्वास्थ्यस्थितीमा सुधार नआउनुको कारण दिलिप कुमारको मृत्यु भएको नै पुष्टि गरेका छन् । रिलदेखि रियल जिवनमा साथ भएका श्रीमानको मृत्युपछि उनी आइसियुमा भर्ना भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

करिब २२ वर्षको उमेर अन्तर भएर पनि विवाह गरेको यो जोडीको कहानी पनि निकै रोचक छ । स्वर्गीय अभिनेता दिलिपले अभिनय सँगै सुन्दरताले पनि उत्तिकै राम्री सायरा बानुलाई धेरै समय कुराएर विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस