शुक्रबार, ०५ कार्तिक २०७८

नागा-समांथाको डिभोर्सको कुरा बिच पूर्वप्रेमीको ट्विट भाईरल, के लेखेका थिए ?



एजेन्सी । तमिल फिल्मी जगतका चर्चित एवम रुचाईएका जोडी समांथा र नागा चैतन्यले डिभोर्स लिन लागेको कुरा पुष्टि भइुकेको छ ।

अभिनेत्रीले सम्बन्ध विच्छेदबारे एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएकी थिईन् । उनको यस खुलासा लगत्तै उनका पूर्वप्रेमी सिद्धार्थ सुर्यनारायणले एक ट्विट गरेका छन् जुन हाल उनी र समांथाका फ्यानहरुबिच भाईरल नै बनेको छ ।

उनले उक्त ट्विटमा आफुले शिक्षकबाट सिकेको पहिलो कुरा धोका दिने मान्छे कहिले फुल्दैनन् थियो, तपाइहरुको के थियो ? भनेर लेखेका छन् । उक्त टुविटमा कतै समांथाको नाम नभएपनि अभिनेताले उनैलाई इंगित गर्दै उक्त कुरा पोष्ट गरेको प्रशंसकहरुले बुझेका छन् । सिद्धार्थसँग विवाह गर्न तैयार भेसकेकी अभिनेत्री समांथाले सम्बन्ध टुटेको केहि समयमै नागासँग विवाह गरेकी थिईन् ।

उनका पूर्व प्रेमी एवम् अभिनेता सिद्धार्थले त्यहि कुरालाई लिएर नै उक्त ट्विट गरेको तमिल फिल्म प्रेमीले आँकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस