शुक्रबार, ११ असार २०७८

दोलखा भीमसेनलाई पसिना आयो ! देशमा ठूलो अनिष्ट हुने



दोलखा । दोलखा भीमसेनलाई पसिना आएको छ । अहिले १२ बजे २२ मिनेट जाँदा पसिना आएको हो ।

 सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको  हाे । एक शिला तीन अवतारको रुपमा पुजिने दोलखाको भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।

शिलाको दाहिने भागमा पसिना आउदा  राजखान्दान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनतालाई अशुभ हुने जनविश्वास रहि आएको छ । अहिले शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको हाे ।  यसरी शिलामा पसिना आउदा क्षमा पुजा गर्ने चलन छ । यस अघि २००७,२०४६ सालको राजनितिक परिर्वतन,२०६२(२०६३ को जन(आन्दोलन, दरबार हत्याकाण्ड, १९९०को भुकम्पमा, २०७२ को महा भुकम्प लगायत अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको थियो ।

प्रतिक्रिया दिनुहोस