शनिबार, २९ जेठ २०७८

धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखियो : जिल्ला जिल्लामा पनि राखिँदै



काठमाडौँ । साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ ।

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै रहने भएका छन् ।

ओली पक्षले पनि अदालतको फैसलालाई स्वागत गरिसकेको छ ।जिल्लास्तरमा पनि धमाधम तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएका नेकपाको साइनबोर्ड फेरेर एमालेका बोर्ड राखिएका छन् । केही जिल्लामा एकाध दिनमै एमाले कार्यालय सञ्चालन गर्ने तयारी स्थानीय नेता–कार्यकर्ताले गरिरहेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस