शनिबार, २९ जेठ २०७८

स्कारपीयोको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु



टीकापुर कैलाली । स्कारपियोको ठक्करबाट कैलालीमा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरकी १६ वर्षीय पूर्णिमा चौधरीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तरगत पहलमानपुरमा गएराती ७ बजेतिर बा १४ च ७४१२ को स्कारपीयोले ठक्कर दिँदा घाइते भएकी चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
 स्कारपीयो र चालक गौरीगंगा नगरपालिका वडा नम्बर–८ बस्ने २२ वर्षीय  प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको नायव उपरीक्षक बोहराले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस