सोमबार, ११ श्रावन २०७८

हल्दिबारीमा खुला व्यायामशाला



झापा । ‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन’ अभियानअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १५ लाख र जनसहभागिताबाट रु तीन लाख ६५ हजारका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन् ।

सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गर्नुभएको थियो । यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस