बुधबार, ०२ असार २०७८

यस्तो मेकअप गरेर ट्रोलको सिकार बनेका थिए यि बलिउड अभिनेत्री



एजेन्सी । कुनै पनि कलाकारको लागि मेकअप महत्वपूर्ण कुरा हो । विशेषत सिनेमामा अभिनय गर्नका लागि कुनैपनि कलाकारको मेकअप तथा पहिरनले ठुलो भुमिका खेलेको हुन्छ । विभिन्न कार्यक्रम तथा समारोहमा उपस्थित हुँदा उनिहरुले गर्ने मेकअप पनि चर्चाको विषयमा रहने गर्छ । अभिनेत्रीले गर्ने कतिपय मेकअप त नयाँ ट्रेन्ड पनि हुने गर्दछ ।

यस्तैमा आफुलाई भिन्न देखाउन अभिनेत्रीहरुले भिन्न किसिमका मेकअपलाई जोड दिने गर्दछन् । कतिपय चाँही ट्रोल पनि हुने गर्दछन् । प्रस्तुत छ आफ्नो मेकअपका कारण ट्रोलको सिकार बनेका केहि बलिउड अभिनेत्रीहरुको मेकअप

प्रियंका चोपडा
सोसल मिडियामा ट्रोल हुने अभिनेत्री मध्ये प्रियंका पनि एक हुन् । उनी मेट गाला २०१९ मा आफुले गरेको मेकअपका कारण निकै ट्रोल भएकी थिइन् । त्यस समय उनी आफ्नो मेकअप मात्र नभई कपडा तथा कपालका कारण पनि ट्रोल भएकी थिईन् ।

ऐश्वर्या राय बच्चन
मिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या आफनो सुन्दरताका कारण निकै चर्चामा रहने गर्छिन् । उनी कान्स फेस्टिभल २०१६ मा आफनो लिपिस्टिक रंगको कारण ट्रोलको सिकार भएकी थिईन् । उनले उक्त फेस्टिभलमा प्याजी कलरको लिपिस्टिक लगाएकी थिईन् ।

दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोण पनि आपनो मेकअप लुकका कारण ट्रोल भएकी थिइन् । उनीे एक गाउनको साथमा पहिरिएको यस मेकपका कारण ट्रोल भएकी थिईन् ।

सोनम कपुर
बलिउड अभिनेत्री तथा अनिल कपुरकी छोरी सोनम कपुरलाई फेशन डिभा समेत भनिन्छ । उनले पहिरिने कपडाका कारण उनी प्राय चर्चामै रहने गर्दछिन् । उनी पनि आफनो फाउन्डेशन सेडका कारण ट्रोलको सिकार भएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस