सोमबार, ३१ जेठ २०७८

आगलागीमा एक घर जलेर नष्ट



ताप्लेजुङ । फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।

घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

एक्लै बस्दै आउनुआएका लिम्बूको आगलागीबाट रु ८० हजार, रु ३० हजार बराबरको अन्नपात र लत्ताकपडालगायत सामान र करीब रु एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस