सोमबार, ०१ कार्तिक २०७८

डिभोर्सको ४ वर्षपछि विवाह बन्धनमा बाँधिए मनोज गजुरेल



काठमाडौ । हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफनो सामाजिक सञ्जालमार्फत आफुले असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका हुन्।

चार वर्षअघि पत्नी मीना सँग डिभोर्स गरेका उनले बच्चाको हेरचाह सँगै आफुलाई पनि एक साथीको अभाव पुरा गर्न विवाह गरेको जनाएका हुन् ।

त्यस्तै गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवाह गरेपश्चात सपरिवारले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस