सोमबार, ११ श्रावन २०७८

बाग्लुङमा लेकल रक्सी सेवन गरेका चार मजदुरको मृत्यु, दुईको अवस्था गम्भीर



बागलुङ । बागलुङको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको गए राति मृत्यु भएको  छ ।

जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक ईकवाल हवारीले जानकारी दिनुभयो ।

गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।

मदिरा सेवनले बिरामी परेका दुई जनाको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बि पोखरेल जानकारी दिनुभयो  । उपचारार्थ दुवैको मिर्गौलामा असर  देखिएकाले डायलिसिस चलिरहेको उहाँको भनाई छ  । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस