सोमबार, ०१ कार्तिक २०७८

जन्मदिनमा पनि छोरा साथ नभएपछि उदास गौरी कारमै रोइरहेको देखिईन्: भाइरल बन्यो भिडियो



एजेन्सी । भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्सको केसमा केहि दिनदेखि पुलिसको हिरासतमा छन् । शुक्रबारको सुनुवाईमा पनि आर्यनको जमानत खारेज भएको छ । यसको मतलब ८ जना अरुसँगै उनी पनि जेलमै रहने भएका छन् ।

आर्यनका मातापिता शाहरुख र गौरी उनलाई छुटाउन हरसम्भव कोशिस गरिरहेका छन् । तर अदालतले रिवारसँग मिल्ने अनुमति भने दिएको थियो । यस्तैमा अहिले शाहरुखकी पत्नी गौरी कारमा रोइरहेको भिडियो भारतीय सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

छोराको हालत देखेर निकै उदासिन उनी उक्त भिडियोमा आफ्नो टाउकोमा हात राखेर झ्यालपट्टी टेको लगायर बसेकी देखिन्छिन् । चारैतर्फबाट संचारकर्मीद्धारा घेरिएकी उनी लगातार रोएकी पनि देखिन्छिन् ।

गौरीको हिजो जन्मदिन रहेको थियो सायद आफनो जन्मदिनमा पनि छोरा साथ नभएर एक आमाको मन दुखेको हुन सक्ने आँकलन सजिलै गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस