सोमबार, ०१ कार्तिक २०७८

पुष्पकमल दाहाल बिनोद चौधरीको मतियार : गोकुल बाँस्कोटा



काभ्रे । पुर्व संचार मन्त्री तथा काभ्रे ईन्चार्ज गोकुल बाँस्कोटाले आफुहरु सुकुम्बासी र भुमिहिनहरुलाई जग्गा दिलाउन लागेको समयमा परमादेश सरकार सुकुम्बासीको छातीमा गोलि हाल्न लागेको बताउनभएको छ ।

पाँचखाल १३ कोशीदेखा देखाको वडा अधिवेशनमा प्रमुख अतिथीका रुपमा बोल्दै उहाँले काभ्रेमा विकास र समृद्धिको अगुवाई नेकपा (एमाले) ले गरेकाले मतको अधिकार पनि एमालेले नै राख्ने बताउनुभयो ।

उहाँले अधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बिनोद चौधरीको मतियार बनेको बताउनुको साथै तागत भए आफू संग चुनाब लड्न आउन चुनौती समेत दिनुभयो ।

त्यस्तै कार्यक्रम सम्बोधन गर्दै प्रदेश सदस्य रिता ढकालले महिला, जनजाति, गरिब तथा बिपन्न को अधिकारको निम्ति एमालेले काम गरेकाले सबै बामपंथी एक भएर जानू पर्ने बताउनुभयो।

त्यसैगरी नेकपा एमालेका युवा नेता कन्चन अधिकारीले पाँचखालको विकासका निमित्त एमालेले दुरगामी महत्त्व राख्ने ठुला आयोजना अगाडि बढाएको र त्यस्कोा निर्माण सम्पन्न र निरन्तरताका निमित्त पनि एमालेको नेतृत्व अब पाँचखालमा आवश्यक रहेको बताउनुभयो । उहाँले अब नगरको नेतृत्वमा एमालेको जित सुनिश्चित रहेकाले त्यसपछि नमुना नगरको रुपमा अगाडि बढाउने योजना समेत रहेको बताउनुभयो ।

अधिवेशन कार्यक्रममा जिल्ला नेताहरू राजकुमार श्रेष्ठ, हरि खतिवडा, पुष्कर ढकाल, प्रकाश ब्लोन, जगत लामा लगाएत नेताहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

साथै वडा अधिवेशनले जनक राज तामाङको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गर्दै उपाध्यक्षमा राम रोक्का , सचिबमा बिष्णु लामा, सह सचीवमा तेजमान लामा र तारा थापा मगरलाई निर्वाचित गरिएको छ।

प्रतिक्रिया दिनुहोस