बुधबार, ०२ असार २०७८

यस कारण गिनीज बुकमा रेकर्ड गरिएको छ यी बलिउड कलाकारको नाम



एजेन्सी । बलिउड सिनेजगतले सिनेमामा आफ्नो सय वर्ष पुरा गरिसकेको छ । बलिउडका कलाकारहरुको व्यक्तित्व मात्र नभएर उनीहरुको निजी जिवनबाट पनि मानीसहरु धेरै प्रभावित हुने गर्छन् । बलिउडमा यस्ता कलाकारहरु पनि छन् जसले गिनीज बुक अफ वल्र्ड रेकर्डस्मा पनि नाम लेखाउन सफल भएका छन् । प्रस्तुत छन् बलिउड कलाकार जसले गिनीज बुक अफ वल्र्ड रेकर्डस्मा पनि नाम लेखाएका छन् ।

अमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चनले कयौँको मनमा राज गरेका छन् । उनको आवाज तथा उनको व्यक्तित्वबाट करोडौँ मानीसहरु आकषर््िात छन् । उनले गिनीज बुकमा हनुमान चालीसा गाएर आफ्नो नाम रेकर्ड गराएका छन् । करिब ११ जना बलिउड गायकसँग हनुमान चालीसा गाउने उनी एकमात्र बलिउड कलाकार हुन् ।

शाहरुख खान
बलिउडका अभिनेता शाहरुख खान देश विदेशका फिल्मी दर्शकहरुमाझ परिचित नाम हो । उनले सन् २०१३ मा सबैभन्दा बढी कमाउने बलिउड अभिनेताको रुपमा आफ्नो नाम गिनीज बुकमा रेकर्ड गराएका छन् । उनले त्यस वर्ष करिब २२० करोड भारु कमाएका थिए ।

अभिषेक बच्चन
बलिउड अभिनेता अभिषेक बच्चनले पनि आफनो पितासरह आफनो नाम गिनीज बुकमा रेकर्ड गराएका छन् । उनले आफनो फिल्म दिल्ली ६ को प्रोमोशनका लागि १२ घण्टामा १८०० किलोमिटरको यात्रा गरेर र धेरै ठाउँमा गएर सार्वजनिक भएको कारण रेकर्ड बनाएका हुन् ।

कट्रिनाकेफ
बलिउड अभिनेत्री कट्रिना केफले पनि गिनीज बुकमा नाम लेखाएकी छिन् । उनले सन् २०१३ मा सबैभन्दा बढी पारीश्रमिक लिने बलिउड अभिनेत्रीको लागि आफ्नो नाम रेकर्ड गराएकी हुन् । त्यस समय उनले एक फिल्मको करिब १० मिलियन डलर भन्दा बढी पारिश्रमिक लिएकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस