सोमबार, ०१ कार्तिक २०७८

विवादित मन्त्री हमालले बुझाए राजीनामा, देउवाले गरे स्वीकृत



काठमाडौं । तीन दिनअघि मात्र उद्योगमन्त्रीमा नियुक्त गजेन्द्र हमालले आज पदबाट राजीनामा दिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै व्यापक आलोचना भएपछि हमालले विवादमा नफस्ने भन्दै पदबाट राजीनामा दिएका हुन्। ​

हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।देउवाले उनकाे राजीनामा स्वीकृत गरिसकेका छन्। ​ हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए ।

आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस