सोमबार, ११ श्रावन २०७८

मुख्यमन्त्री पौडेलद्धारा एकीकृत नमुना बस्ती हस्तान्तरण



रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आज रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा तयार भएको एकीकृत नमुना बस्ती हस्तान्तरण गर्नुभएको छ ।

बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ वटा घर, सामुदायिक भवन, खेल मैदान लगायतका संरचना रहेका छन् ।

उहाँले माझी समुदायले  सुरक्षित घर प्राप्त गरेपछि आवासमा सहजता हुने र जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रम मार्फत काम गरीरहेको बताउनुभयो ।

त्यस्तै उहाँले प्रदेश सरकारका आवास विहीन नागरिकहरुलाई व्यवस्थित रूपमा समाजमा स्थापित गराउन हरदम लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोसी नदीमा डुंगा र र्‍याफ्टिङ समेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको बताइएको छ । सुनकोसी पारि सञ्चालनमा रहेको बीपी मार्ग र निर्माणाधीन मध्यपहाडी मार्गसँगै जोडिएको सो बस्ती माझी संस्कृतिको पर्यटन केन्द्र बन्नसक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस