शनिबार, ०९ असोज २०७८

हामीले काग्रेंस छोडेर एमाले रोजेकै हो, धम्की र गलत प्रचारबाजी बन्द गर 



काभ्रे । मण्डन देउपुरको जैशीथोकका युवाहरूले आफूहरूले स्वतः स्फूर्त एमाले प्रवेश गरेको भन्दै अनर्गल प्रचार नगर्न चेतावनी दिएका छन् ।
गत शुक्रवार एमालेका पूर्व मन्त्री नेता एवं माननीय गोकुल बाँस्कोटाको हातबाट पार्टी सदस्यता लिएका १६ जना युवाले आफूहरू एमाले प्रवेश गरेको समाचार सत्य भएको भन्दै भ्रम नछर्न चेतावनी दिएका हुन् ।
काग्रेंस लगायतका विभिन्न दल परित्याग गरी गत शुक्रवार मण्डनदेउपुर नगरपालिका वडा नं. ११ जैसीथोकबाट दर्जनौँ युवा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेको समाचार प्रकाशन भएसँगै तिलमिलाएका काग्रेंस, माओवादी संवद्घ मिडियाले उनीहरूले बाँस्कोटासँग भेटघाट मात्र गरेको तर  पार्टी प्रवेश नगरेको झुटो भन्दै भ्रमपूर्ण समाचार सम्प्रेषण गरेका थिए ।
एमाले विभाजनका समयमा काग्रेंसबाट समेत युवाहरूको ठुलो सङ्ख्या एमालेमा प्रवेश गरेको समाचार भाइरल बनेसँगै माओवादी र काग्रेंस संवद्घ मिडियाले गलत समाचार सम्प्रेषण गरेका थिए । उक्त गलत समाचारलाई नवगठित नेकपा एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताले शियर गर्दै थप भ्रम छरिरहेका थिए ।
आफूहरूको विषयमा भ्रम छर्ने क्रम बढेसँगै एमाले प्रवेश गरेका युवाहरूले आज नेकपा एमाले काभ्रेको कार्यलयमा समामुहिक तस्बिर खिच्दै आफूहरूले एमाले रोजेको र अनावश्यक भ्रम नछर्न विज्ञप्ति जारी गरेका हुन् ।
२९ भदौ २०७८ मण्डनमेउपर नगरपालिका वडा नं. ११ जैसीथोकका हामी तपशिलका व्यक्तिहरू विगतमा नेपाली काँग्रेसको विभिन्न पद र भूमिकामा रही काम गर्दै आए ता पनि मिति २०७८ साल भदौ २७ गतेका दिनबाट उक्त पार्टीमा नरहने घोषणा गर्दै नेकपा एमालेमा प्रवेश गरेको प्रस्ट पार्दछौँ विज्ञप्तिमा भनिएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य, एवं जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाको निजी निवासमा स्वतःस्फूर्त रुपमा गई हामीले राजीखुशीले वहाँकै हातबाट टिका लगाएर एमाले प्रवेश गरेका हौँ । हामी देहायका व्यक्तिहरू नेकपा एमाले मा प्रवेश गरिसके पछि अत्तालिएका स्थानीय काँग्रेसी कार्यकर्ताबाट हाम्रा कमरेडहरूलाई धाकर्धाम्कपूर्ण व्यवहार गर्ने भेटौँ, गफ गरौँ भनी बोलाउने र जबरजस्ती अपहरणको शैलीमा हस्ताक्षर गर्न बाध्य पार्ने काम भएको प्रति हाम्रो आपत्ति छ । व्यक्तिको राजनैतिक स्वतन्त्रतालाई चुनौती दिन नेपाली काँग्रेसका मित्रहरूलाई चेतावनी दिन चाहन्छौ साथै गत भदौ २७ गते हामी नेकपा एमालेमा प्रवेश गरेका व्यक्तिहरू नेकपा एमालेमै रहेको ब्यहोरा प्रस्ट पार्न चाहान्छौं । उहाँहरूले सामुहिक विज्ञप्ति मार्फत भन्नुभएको छ ।
सम्बन्धीत समाचार :
मण्डनदेउपुरका दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत
प्रतिक्रिया दिनुहोस