शनिबार, ०९ असोज २०७८

प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै



टोकियो ।जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझामबिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ  ।

माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी  कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, तयारीको अभाव देखाउँदै विवाह स्थगित गरेकी थिइन्  ।

राजकुमारी माको जापानी सम्राट अकिहितोकी जेठी नातिनी हुन्् । राजकुमारीसँग विवाह गर्ने निधो हुनुअघि कोमुरोको पारिवारिक सल्लाहमा नै एक युवतीसँग विवाह गर्ने  तय भएको थियो । विवाह गर्न लागेकी युवतीकी आमासँग कोमुरोकी आमाको लेनदेन विवादका कारण राजकुमारीसँगको विवाहमा ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस