सोमबार, ११ श्रावन २०७८

जसपा विभाजनको पक्षमा उभिए डा. बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी विभाजन भएकै राम्रो भन्दै अभिव्यक्ति दिनुभएको छ । समाजिक संजाल ट्वीटरमा लेख्दै डा. बाबुरामले पार्टी एकता हुँदा खुसी हुने र विभाजन हुँदा दुःखी हुने कुरा सामान्य भएको भन्दै विचार र कार्यदिशा नमिलेपछि पार्टी विभाजन भएकै राम्रो हुने भन्दै अभिव्यक्ति दिनुभएको हो ।

विभाजनको संघारमा पुगिरहेको जनता समाजवादी पार्टीको मुद्दाका लागि निर्वाचन आयोगले इजलास गठन गरेकै दिन भट्टराईले पूर्व जाने पूर्वतिर र पश्चिम जाने पश्चिम तिरै गए राम्रो हुने भन्दै पार्टी विभाजनको वकालत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस