बिहिबार, १४ श्रावन २०७८

जसपाका पूर्व सांसद नेकपामा प्रवेश, खुमलटारमा खैलाबैला



जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल ९जसपा०का केन्द्रीय सदस्य तथा पूर्व सांसद डा। शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन फोरम नेपालका प्रमुख सचेतकसमेत रहनुभएका डा। यादव मंगलवार अबेर राति नेकपामा प्रवेश गर्नुभएको हो । उहाँलाई प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले पाटी खादा लगाएर नेकपामा भित्यार्याउनु भएको हो । महोत्तरी घर भएका नेता डा। यादव पार्टी प्रवेश गर्दा उप प्रधानमन्त्री इश्वर पोखरेल, नेता महेश बस्नेत लगायको उपस्थिति थियो ।

प्रभावशाली नेता डा। यादव ओली समूहमा प्रवेश गरेपछि जसपालाई ठुलै झट्का लागेको छ । डा। यादव कम्युनिस्ट पृष्ठभूमिका हुनुहुन्छ। उहाँले ओलीबाटै संविधान संशोधन हुने पटक पटक बोल्दै आउनुभएको थियो । यस अघि जसपाका नेता तथा पूर्व सांसद बबन सिंहपनि नेकपामा प्रवेश गरिसक्नुभएको छ ।

उता जसपाका नेतादेखि पुर्व माओवादी लाइनका नेताहरु धमाधम ओली पक्षमा खुल्लन थालेसँगै खुमलटारमा खैलाबैला मचिएको बताईनछ ।

प्रतिक्रिया दिनुहोस