मंगलबार, १२ असोज २०७८

जोनसेनाले सिद्धार्थको तस्बिर सेयर गर्दै प्रकट गरे शोक



एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ शुक्लाको २ सेप्टेम्बरमा असमायिक निधन भएको छ । उनको निधन पश्चात बलिउड पुरै शोकमा डुबेको छ । ४० वर्षको उमेरमा उनको हृदयातका कारण निधन भएको थियो ।

उनै अभिनेताको फोटो राख्दै डब्ल्यूडब्ल्यूई रेसलर जोनसेनाले पनि शोक प्रकट गरेका छन् । उनले शनिबार सिद्धार्थ शुक्लाको एक तस्बिर सार्वजनिक गरेका थिए ।

आफनोबाट तस्बिर राख्दा कुनै क्याप्सन नराख्ने जोनसेनाले शोक प्रकटका लागि उक्त तस्बिर सार्वजनिक गरेका थिए । उक्त पोष्टमा धेरैले कमेन्ट गर्नुका साथै एक परिचित रेसलरले सिद्धार्थको निधनमा शोक प्रकट गरेकाले पोष्ट भाइरल पनि बनिरहेके छ ।

 

प्रतिक्रिया दिनुहोस