सोमबार, ११ श्रावन २०७८

पाँचखालमा जुर्मुरायो ओली पक्षको नेकपा, सबै वडामा कमिटी बन्दै



पाँचखाल । पाँचखालमा कमिटी निर्माण र पार्टी गतिविधिले तिव्रता पाएको छ । आज९बुधबार० पाँचखाल वार्ड नं २ मा नेकपा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा मुक्तिनाथ पोखरेल संयोजक र कान्छामान तामाङको सहसंयोजक तथा गणेश तिमल्सिना सचिब रहेको ५३ सदस्यीय कमिटी गठन गरिएको छ ।

त्यस्तै उक्त भेलामा कुमार श्रेष्ठको संयोजकत्वमा युबा संघ, कमला सापकोटाको संयोजकत्वमा अखिल नेकपा महिला संघ, तेज प्रसाद अधिकारीको संयोजकत्वमा अखिल नेकपा किसान संघ र हरिशचन्द्र बिकको संयोजकत्वमा उत्पीडित जातिय मुक्ति समाज गठन गरिएको छ।

प्रमुख अतिथि कञ्चन अधिकारी रहेको उक्त भेलामा पुष्कर ढकाल, हरि खतिवडा, राजकुमार श्रेष्ठ, गंगाराम अधिकारी, विष्णु पौडेल, राजकुमार बोलखे लगायतको उपस्थिति रहेको थियो ।

पाँचखालमा यसअघि वडा नं १, ५ र १० को भेला तथा कमिटि निर्माण सकिएको छ भने १५ दिनभित्रै सबै वडाहरुमा भेला गरि कमिटि निर्माण गरीसक्ने योजना रहेको नेकपा पाँचखालका नेता कञ्चन अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस