सोमबार, ०१ कार्तिक २०७८

कांग्रेसको महाधिवेशन फेरि सार्ने प्रस्ताव, अब माघ कि फागुनमा ?



काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति पुनः सार्नेबारे छलफल सुरू भएको छ ।

महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरुबीच निरन्तर विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको हो । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिस्थितिले केन्द्रीय महाधिवेशनकै मिति सार्नुपर्ने अवस्था आएको भन्दै बैठक सार्न प्रस्ताव गरेका हुन् । ‘तल्ला तहको अधिवेशन सार्दै जाँदा केन्द्रीय महाधिवेशन पनि समयमा गर्न नसकिने अवस्था बन्न सक्छ, नयाँ कार्यतालिका बनाउँदा त्यहीअनुसार गर्नुपर्ने हुन्छ । मंसिरमा नसकिए पुससम्म भएपनि महाधिवेशन गर्नुपर्छ,’ खड्काको भनाई थियो ।

कांग्रेसले यसअघि १० असोजसम्म जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने, दसैंतिहार बीचमा प्रदेश अधिवेशन गर्ने र छठ पर्वपछि ९–१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो । तर, त्यो कार्यतालिकाअनुसार वडा अधिवेशन नै हुन सकेन । त्यही कार्यतालिकाभित्रै पर्ने गरी गरिएको संशोधित कार्यतालिका अनुसार ५ असोजमा समेत वडा अधिवेशन हुन नसकेपछि अब त्यसको प्रत्यक्ष असर प्रदेश र केन्द्रीय महाधिवेशनमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस