सोमबार, ११ श्रावन २०७८

करीना कपूर विरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै उजुरी दर्ता : यस्तो छ कारण



एजेन्सी । बलिउड अभिनेत्री करीना कपूरको जिवनमाफेरी नयाँ समस्या उत्पन्न हुने संकेत देखिएको छ ।

खासमा एक ईसाई समूहले करीना कपूरद्धारा लिखित पूस्तकको शिर्षकमा आपत्ती जनाउँदै बुधबार पूलिसमा जाहेरी दिएका छन् । उनीरुले ईसाई समुदायको भावनामा ठेस पुर्याउन खोजेको भन्दै जाहेरी दिएका हुन् ।

जाहेरी कर्ताले करीना कपूरले आफनो किताबको शिर्षकमा बाइबल जस्तो पवित्र ग्रन्थको नाम राखेर आफनो भावनामा चोट पुर्याएको जनाएका छन् । जाहेरीकर्ताले करीना सहित अन्य दुईको विरुद्ध उजुरी दिएका हुन् ।

९ जुलाईमा सार्वजनिक गरिएको पूस्तक प्रेग्नेन्सी बाइबललाई अभिनेत्रीले आफनो तेस्रो सन्तान पनि भनेकी थिईन् । उक्त किताबमा उनले आफनो दुबै पटकको गर्भावस्थाको बारेमा उल्लेख गरेको अभिनेत्रीले जनाएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस