काभ्रेको बेथानचोकमा पनौतीका एक युवकको शव फेला



काभ्रेपलाञ्चोक / काभ्रेको बेथानचोक गाउँपालीका वडा नं. ३ स्थित नारायण स्थानमा एक युवकको शव फेला परेको छ ।

पनौती नगरपालीका वडा नं. ६ घर भएका सौरभ सापकोटा घुम्नका लागि बेथानचोक नारायाण स्थान गएका थिए ।
सोहि क्रममा सापकोटाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आफ्नै आफन्तसँग घुम्नका लागि बेथानचोक पुगेका सापकोटाको शव नारायण स्थानबाट १ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनु भयो ।

उहाँका अनुसार सौरभ बिहानको २ बजेदेखि हराइरहेको र खोजी गर्ने क्रममा आज बिहान उनी मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरी र नेपाली सेनको टोलीले उक्त शवको उद्दार गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको खतिवडाले जानकारी दिनु भयो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस