बुधबार, २० श्रावन २०७८

काभ्रेमा प्रहरीको अभियान : दुर्घटना न्यूनिकरणका लागि सडकमै चालकको स्वास्थ्य परिक्षण



काभ्रे । काभ्रेको ब्यस्त बि पि राजमार्गमा शुक्रवार गाडी चालकको स्वास्थ अबस्था चेक जॉंच गरिएको छ ।

सडकमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यलय मंगलटार र मंगलटार स्वास्थ चौकीले संयुक्त रुपमा चालकहरुको रक्तचाप चेकजाँच गरेका हुन ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी चालकको स्वास्थ्य जाँच गरेको हो । उक्त कार्यक्रममा १ सय ५० जना भन्दा बढी चालकको चेकजाँच भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्जले जानकारी दिनुभयो । उहाँका अनुसार चालकहरुको स्वास्थ्य तथा रक्तचापको जाँच गर्नुको कारण दुर्घटना न्युनिकरणका लागि रहेको छ ।

राजमार्गमा रहेका जनताको शान्ती सुरक्षा र सेवामा समर्पित बिपी राजमार्गलाई दुर्घटना न्कयुनिरण अभियानमा निरन्तर लागी रहने उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो “ प्रहरी राष्ट्र सेवक कर्मचारी हुन जस्तो सुकै परिस्थितीमा पनि जनताको सेवामा लडीरहने छौॅं, यसको लागि सबैको साथ र सहयोग चाहिन्छ ।”

 

प्रतिक्रिया दिनुहोस