शुक्रबार, ०५ कार्तिक २०७८

वाग्मतीका पाँच जिल्लामा आज कांग्रेसको गाउँ , नगर अधिवेशन नहुने,काभ्रेमा चर्कियो विवाद



काठमाडौं । कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ।

तर वाग्तमी प्रदेशको पाँच जिल्लामा भने आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। काठमाडौं, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक र रसुवामा आज गाउँरनगर अधिवेशन नहुने भएको हो। आज हुन लागेको काभ्रेको नगर तथा गाउँअधिवेशनमा भने विवाद चर्कने संकेत देखिएको छ। जिल्ला सभापति मधु आचार्यले आजको अधिवेशन नहुने भन्दै विज्ञप्ति जारी गर्दा निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले भने आजै अधिवेशन हुने दाबी गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस