सोमबार, ३१ जेठ २०७८

केकीले गरिन् कपाल मुण्डन (तस्बिरसहित)



काठमाडौँ । आप्नो फिल्मको चरित्रलाई न्याय दिनका लागि विभिन्न तरिकाहरु अपनाइरहेका छन् ।

फिल्म ‘प्रेमलीला’ मा दीपाशिखा खड्का, ‘जाइरा’ मा नम्रता श्रेष्ठ, ‘आमा’ मा सुरक्षा पन्तले आफ्नो चरित्रलाई जीवन्त बनाउन कपाल मुण्डन गरेका थिए । अब अर्की अभिनेत्री केकी अधिकारीले पनि फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी छन् ।

उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् । उनको यो लुक्सले धेरैलाई आकर्षित गरेको छ । पहिलो पटक फिल्मका लागि आफ्नो कपाल त्याग गरेकी उनले फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको जनाइएके छ ।

‘बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस