सोमबार, ३१ जेठ २०७८

राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकमा नेपाल र खनाल सहभागी नहुने



काठमाडौँ ,३ चैत्र –  राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल ले सहभागीता नजाने हुनुभएको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने बताउनुभयो । ‘बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उहाँहरु आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन भ्याउनु हुन्न ।’ रिजालले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सर्वदलीय बैठकमा बोलाउनुभएको थियो ।

पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक  बोलाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस