आइतबार, ०३ असोज २०७८

मन्त्रीका आसेपासेलाई मन्त्रालयमै खोप, पत्रकार पुगेपछि भागाभाग



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा मन्त्रीका आसेपासेलाई कोरोनाविरुद्ध खोप लगाइएको छ।

भेरोसेलको पहिलो मात्रा दिन वडा–वडामा खोप केन्द्र स्थापना गरिए पनि मन्त्री र कर्मचारी निकटका व्यक्तिलाई मन्त्रालयमै खोप लगाएको हो।

आज ९बुधबार० देखि मन्त्रालयको हलमा ५५ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई धमाधम खोप लगाइएको हो। मन्त्रालयमा खोप लागाइरहेको खबर थाहा पाएरु समाचार संकलनका लागि पत्रकार पुगेपछि भने खोप लगाउन खटिएका स्वास्थ्यकर्मी र खोप लगाउन पुगेका मन्त्री र कर्मचारीनिकट व्यक्तिको ‘भागाभाग’ भएको थियो।

प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काको ठाडो निर्देशनमा मन्त्रालयमै खोप लगाइएको हो । यस विषयमा मन्त्री खड्काले भने आफुलाई थाहा नभएको बताए । अचम्मको कुरा त खोप लगाइरहेको समयमा मन्त्रालयमै भेटिएका थिए मन्त्री खड्का । सरकारले अहिले ६५ बर्ष माथिका र अत्यावश्यक कर्मचारीलाई मात्र खोप लगाउने नीति लिइहरेको छ ।

प्रतिक्रिया दिनुहोस