शनिबार, २९ जेठ २०७८

टिचिङमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण



पहिलो प्रत्यारोपण गरेपछि डा भण्डारीको टोली। फाइल तस्वीर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपणसर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले यो प्रत्यारोपण गरेको हो।
टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।

प्रत्यारोपण राति १२ बजेसकिएको हो। ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा भण्डारीले  बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस