सोमबार, ३१ जेठ २०७८

कृष्ण थापालाई सांसदबाट हटाउने जनर्मोचाको निर्णय



पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद कृष्ण थापालाई जनमोर्चाले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । जनमोर्चाले सांसदबाट थापालाई हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले उहाँलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको जानकारी दिनुभयो ।

यसभन्दा अघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस