बुधबार, ०२ असार २०७८

प्रभासकी सीता बन्दै कृती सेनन



एजेन्सी । बलिउड अभिनेत्री कृती सेनन फिल्म आदिपुरुषमा अभिनेता प्रभासकी सीता बन्ने भएकी छिन् । फिल्म बन्ने घोषणा गरेसँगै निकै चर्चामा आएको यस फिल्मको काष्टिंग नै सकिएको छैन् ।

अहिले रामको रुपमा अभिनेता प्रभास र सीताको रुपमा अभिनेत्री कृती सेनन फिल्ममा भित्रिएको पक्का भएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म बाहुबली पश्चात निकै चर्चामा आएका अभिनेता प्रभासको यो बलिउडमा दोस्रो फिल्म हो ।

त्यस्तै विभिन्न चर्चित अभिनेताहरुसँग फिल्ममा काम गरेकी कृती पनि अभिनयका कारण चर्चामै रहने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस