मंगलबार, १२ असोज २०७८

‘र’ को ऐजेन्ट भेटेपछि भिम रावलहरु युटर्न भएर एमालेमै फर्किए : रामकुमारी झाँक्री (भिडियोसहित)



काभ्रेपलाञ्चोक । नेकपा (एकिकृत समाजवादी ) नेतृ रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष भीम रावल र भारतीय जासुसी संस्था ‘र’एजेन्टहरूको निर्देशनपछि एमालेमै फर्किएको बताएकी छिन् ।
एमाले विभाजन गरी बनेको नेकपा (एकिकृत समाजवादी)को काभ्रे जिल्लाको प्रथम बैठकका लागि काभ्रे पुगेकी झाँक्रीले काठमाडौँको म्यारिडयड होटेलमा नेता रावल र  भारतीय जासुसी संस्था र का ऐजेन्डबीच भेट भएपछि रावल यूर्टन भएको बताइन् । पार्टी विभाजनमा आफूहरूलाई साथ नदिएको प्रति आक्रोश पोख्दै झाँक्रीले रावललाई ‘र’को खेताला भएको आरोप लगाइन् ।
म्यारियड होटेलमा नेता रावल र भारतीय एजेन्टसँग वान् टु वान वार्तापछि रावलले आफूहरूको साथ छोडेको झाँक्रीले बताइन् ।
 झाँक्रीले नेता रावलसहित पार्टी विभाजनमा साथ नदिएका एमालेका १० स्थायी कमिटी सदस्यलाई ‘र’ का खेताला भएको आरोप लगाइन्  ।
प्रतिक्रिया दिनुहोस