बुधबार, ०२ असार २०७८

लहान मालपोतमा बम विस्फोट, ७ जना घाइते, तीनको अवस्था गम्भिर



सिरहा । सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइन्छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

कार्यालयको मुख्य कागजात राखिएको कोठामा बम विस्फोट भएको छ । कार्यालयको पहिलो तलामा विस्फोट भएको थियो। कार्यालयमा सेवा प्रवाह भइरहेका समयमा बिस्फोट भएको थियो। बम विस्फोटपछि कर्मचारी र सेवाग्राही त्रसित छन् ।

विस्फोट कसले गराएको  केही खुल्न सकेका छैन । घटनास्थलबाट प्रहरीले गोइत समूहको पर्चा फेला पारेको प्रहरीले बताएको छ । विस्तृत विवरण आउनेक्रममा छ ।

प्रतिक्रिया दिनुहोस