शुक्रबार, ०१ असोज २०७८

महसुल नबुझाउने ग्राहकको लाइन काटियो



तम्घास । गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।

लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६।४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिनुभयो ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस